सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    सुशीला कार्कीको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पुग्यो, यस्तो छ महाअभियोगको व्यहोरा

    आईतवार, १७ बैशाख २०७४, आहाखबर

    काठमाडौंः प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र)का एक चौथाई सांसदले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै संसद सचिवालयले उनको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ । 

    नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गरेकोलगायतका आरोपसहित कांग्रेस र माओवादीका सांसदले आइतबारसंसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि विशेषगरी सामाजिक सञ्जालहरुमा समर्थन र विरोधमा निकै धेरै प्रतिक्रियाहरु आएका छन् ।

    महान्यायाधीवक्ता रमण श्रेष्ठले आइजीपी विवादमा पहिलो व्यक्तिलाई दोस्रो र दोस्रोलाई पहिलो बनाउन बनाउने काम गरेको, गोप्य फाइलहरु डिआइजी नवराज सिलवाललाई दिई किर्ते गर्न प्रेरित गरेको, अदालतमा गुटबन्दी गरेको जस्ता आरोप पनि कार्कीमा लागेको छ । 

    कार्कीका क्रियाकलापबाट भित्रभित्रै चिडिएका काँग्रेस माओवादीहरुले छापामार शैलीमा महाअभियोग प्रस्ताव गर्दा गरेका हुन । संसदमा कायम बहुमत सदस्यले प्रस्तावको पक्षमा भोट हाले कार्कीमाथि महाअभियोग लाग्नेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast