सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    प्रधानन्यायधीसविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

    आईतवार, १७ बैशाख २०७४, आहाखबर

    काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । 

    मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् रहेर २५९ जनाले हस्ताक्षर प्रस्ताव दर्ता गरेका हुन । 

    उनीहरुले कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव रहेको, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने गरेको, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको जस्ता अभियोग सहित महाअभियोग प्रस्ताव गर्दा गरिएको हो । 

    आजै कर्पोरेट नेपालले प्रहरी महानिरिक्षक (आइजिपी) नियुक्ति प्रकरणको मुद्दामा तत्कालिन नायव प्रहरी महानिरक्षकद्धय प्रकाश अर्याल र हालका नायव प्रहरी महानिरिक्षक नवराज सिलवालको गोप्य कार्यसम्पादन मूल्यांकनको फाइदा सर्वोच्चको प्रधानन्यायधीसको चेम्बरबाट बाहिर ल्याएको तथ्य सार्वजनिक गर्न सफल भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast