सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    प्रधानमन्त्री वैशाख ३१ मै चुनाव हुने विश्वासमा

    आईतवार, १७ बैशाख २०७४, आहाखबर
    फाइल फोटो

    काठमाडौंः पहिलो चरणको स्थानीय निर्वाचनको मिति सर्ने वा कायम रहनेबारे दलका नेताहरुबीच नै फरक फरक धारणा आइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले ३१ गते नै निर्वाचन हुनेगरी वैशाख १९ गते मनोनयन दर्ता हुने दाबी गरेका छन् ।

    प्रमुख प्रतिपक्षी दल एमाले र केही मधेसी दलले दुई चरणमा चुनाव गर्न नहुने भन्दै एउटै चरणमा गर्न सुझाव दिइरहेको बेला दाहालले अहिलेकै मितिमा निर्वाचन हुने दावी गरेका हुन । काँग्रेससँग भएको सत्तासमिकरणअनुसार वैशाख ३१ गते कै दिन दाहालले राजीनामा दिएर काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्छ । 

    मिति सार्दा आफूले स्थानीय निर्वाचन सम्पन्न गर्ने भनी काँग्रेससँग भएको सहमति र आफूले घोषणा गरेको निर्वाचन सम्पन्न गर्नबाट आफू असफल भएको ठहरिने भएकाले दाहालले पहिलो चरणमो मिति सार्न अस्वीकार गर्दै आएका छन् । 

    यता निर्वाचन आयोगले भने निर्वाचनको बीचमा बजेट प्रस्तुत गर्न आचारसंहिताले नमिल्ने भन्दै कि संविधान संशोधन गरेर बजेट जारी गर्ने मिति सार्न वा बजेट अघि नै निर्वाचन गर्न सकिनेगरी सरकारको ध्यानाकर्षण गराएको छ । 

    दाहालले संविधान संशोधन पारित नभए पनि मधेसी दलहरु चुनावमा सहभागी हुने भन्दै निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गरे । आइतबार नै संविधान संशोधन निर्णयार्थ प्रस्तुत गर्न बोलाइएको बैठक पाँच दिनका लागि स्थगित भएको छ । 

    निर्वाचनको लागि साँसदहरु पनि सक्रिय हुुनुपर्ने भएकाले संसद पाँच दिनका लागि स्थगित गरिएको जनाइएको छ । प्रधानमन्त्री दाहालले मनोनयनअघि नै संविधान संशोधन गर्ने तयारी भए पनि सम्भव नभएकोले मनोनयनपछि यो प्रक्रिया अघि बढने बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast