सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    संशोधन विधेयकमाथिको कार्यसूचिमै प्रवेश नै नगरी संसद बैठक चैत २० गतेसम्मलाई स्थगन

    आईतवार, १७ बैशाख २०७४, आहाखबर

    काठमाडौं : दर्ता गरिएको संविधान संशोधन विधेयकमाथि छलफल गर्ने भनि बोलाइएको आइतबारको व्यवस्थापिका संसद बैठक कार्यसूचीमै प्रवेश नगरी चैत २१ गतेलाई बोलाइएको छ ।

    आजको संसदको कार्यसूचिमा सरकारले चैत २९ गते व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयक माथि फास्ट ट्रयाकबाट संसोधन प्रक्रिया अगाढी बढाउने निर्णय कार्यक्रम थियो ।

    बैठक ११ बजे बोलाइएकोमा उक्त बिषयमा प्रवेश नै नगरी नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते सम्मका लागि स्थगन भएको हो ।

    संशोधन विधेयकमाथि शनिबार साढे १० बजेसम्म सत्तारुढ दल प्रतिपक्षी एमालेसहितका साना दलका साथै सांसदहरुले व्यक्तिगत रुपमा समेत गरी ५० ओटा संशोधन दर्ता गराएका थिए । संसद सचिवालयले संशोधनका लागि दिएको ७२ घण्टाको समयसीमा हिजो शनिबार साढे १० बजे सकिएको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast