सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    प्रमुख प्रतिपक्षी दलसहितबाट संविधान संशोधनका लागि ४७ वटा संशोधन प्रस्ताव दर्ता

    शनिबार, १६ बैशाख २०७४, आहाखबर

    काठमाडौँ: व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ ।

    संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा आज साँझसम्म प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दलबाट ४७ वटा संशोधन दर्ता भएको संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिजालले जानकारी दिए ।

    संशोधन दर्ता अवधि आज राति १०ः३० बजेसम्म भएकाले यो सङ्ख्या बढ्नसक्ने उनले बताए । दर्ता भएका संशोधन प्रस्ताव के–कस्ता विषयमा कति छन् भनेर आइतबार मात्रै यकीन हुने र सोको आवश्यक प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।

    सहायक प्रवक्ता रिजालका अनुसार प्रतिपक्षी दलबाट बढी संशोधन आएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast