सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    निर्वाचनको बीचमा बजेट जारी गर्न नमिल्ने निर्वाचन आयोगको निष्कर्ष

    शनिबार, १६ बैशाख २०७४, आहाखबर

    काठमाडौंः निर्वाचन आयोगले आचारसंहिता विपरित हुने भन्दै निर्वाचनको बीचमा बजेट ल्याउन नमिल्ने निष्कर्षमा पुगेको छ । दलहरुबीच निर्वाचनको मिति र बजेट जारी गर्ने विषयमा विवाद भइरहेको बेला आयोगले निर्वाचनको बीचमा बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएको हो । 

    यसले सरकारलाई निर्वाचनको मिति सार्न बाटो खुलेको छ । विपक्षी दल एमालेका कारण तत्काल संविधान संशोधनको संभावना नरहेसँगै बजेट जारी गर्ने मिति पछाडि गर्ने संभावना नरहेको बेला निर्वाचन आयोगले सत्ताधारी दलहरुको अनुकुल हुनेगरी निर्णय गरिदिएको हो । 

    आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा जेठ १५ मा बजेट ल्याउन नदिने भन्दै सरकारलाई कि संविधान सशोधन गरे मिति सार्न कि निर्वाचनको मिति सार्न प्रेरित गरेको छ । आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकुल नहुने र दोस्रो चरणको निर्वाचन प्रभावित पार्न सक्ने देखिएको हुँदा सरकारको ध्यानाकर्षण गर्ने ।’

    जेठ १५ मा बजेट जारी गर्नुपर्ने अहिले संवैधानिक बाध्यता छ । सरकारले दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ गतेलाई तोकेसँगै उक्त मितिसम्म निर्वाचन आचारसंहिता लागू हुने र यो बीचमा बजेट जारी गर्न नमिल्ने आयोगको भनाई छ । विपक्षी एमालेले बजेटमार्फत सरकारी पक्षले निर्वाचन प्रभावित गर्नसक्ने भन्दै एकैचरणमा जेठ अघि नै निर्वाचन गर्नुपर्ने अडान लिँदै आएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast