सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    ‘एमाले ज्ञानेन्द्रलाई सिंहासनमा फर्काउन खोज्दैछ, त्यही भएर राष्ट्रपतिकी छोरीको विहेमा बोलाइयो’

    शनिबार, १६ बैशाख २०७४, आहाखबर

    काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका एक नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् । 

    शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै किराँतीले एमालेले मुलुकको निकासको लागि ल्याइएको संशोधन विद्येयकको विरोध गरेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले भने, ‘वास्तवमा एमालेले निर्वाचन नै चाहेको छैन भन्ने कुराको पुष्टि भएको छ, निर्वाचन निर्वाचन भनेर बाहिर कराउने, तर भित्री रुपमा निर्वाचन एमालेले नचाहेको हो कि भन्ने प्रश्न उब्जिएको छ ।’

    किराँतीले एमाले नेतृत्वको रवैया नै बेठिक रहेको टिप्पणी गरे । उनले भने, ‘एमालेले गणतन्त्रलाई नै समाप्त पार्न खोज्दैछ ।’ एमाले अध्यक्ष केपी ओलीले विगतमा पनि संघीयता र गणतन्त्रलाई आफूहरुले बाध्यताले स्विकार गरेको बताइसकेको स्मरण गर्दै किराँतीले भने, ‘अहिले एमाले नेतृत्वले गणतन्त्रलाई समाप्त पार्न खोजेको त होइन ?’

    उनले अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीकै भएकोले उनले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर दलका नेताहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै भने, ‘यस्तो क्रियाकलाप र तारतम्य हेर्दा, ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने खेल एमालेले गर्दैछ ।’ 

    उनले अघि भने, ‘सके सिधै सिंहासनमा ज्ञानेन्द्र शाहलाई राख्ने, नसके चुनाव भाँड्ने, चुनाव भाँड्न पनि सकिएन भने राष्ट्रपतिका लागि ज्ञानेन्द्रलाई उठाउने र फेरि राजतन्त्र पूर्नस्थापित गर्ने । यो क्रियाकलापमा एमाले लागेको छ ।’ 

    त्यही उद्देश्यको लागि एमालेले अहिले खोचे थाप्ने काम गरिरहेको भन्दै किराँतीले एमालेको यो क्रियाकलाप प्रतिक्रान्तिकारी भएको बताए । निर्वाचन काठमाडौंमा आएको गणतन्त्रलाई गाउँसम्म पुर्याउने माध्यम भएकोले अहिले सरकारले घोषणा गरेको बैशाख ३१ र जेठ ३१ को निर्वाचनलाई सफल बनाउनुपर्ने बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast