सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    मध्यपुर ठिमी, सुर्यविनायक र चाँगुमा एमाले उम्मेदवारको टुंगो

    शनिबार, १६ बैशाख २०७४, रासस.

    भक्तपुर: नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ ।

    एमालेले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

    त्यसैगरी एमालेले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा जुना बस्नेत र भक्तपुर नगरपालिकाको प्रमुखमा विष्णु अवाल, केपी चावल र श्रीकुमार रञ्जित तथा उपप्रमुखमा रिता अवाललाई सर्वसम्मत रुपमा उम्मेदवारको घोषणा गरेको एमाले प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेतले जानकारी दिए ।

    यस्तै चाँगुनारायण नगरपालिकाको प्रमुखमा सोम मिश्र, हरिशरण लामिछाने, मोहनवीर श्रेष्ठ, रमेश बुढाथोकी, नवराज गेलाल र दामोदर दङ्गालको नाम एमाले– ३ नम्बर प्रदेश कमिटीमा सिफारिस भएको उनले बताए  ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast