सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    राप्रपाले आफूले जित्ने स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्विर राख्ने

    बिहिवार, १४ बैशाख २०७४, आहाखबर

    काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

    स्थानीय तहको निर्वाचनका लागि मंगलबार जारी गरिएको सङ्कल्पपत्रमा प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकास गराउने उल्लेख छ । 

    सो पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता विश्वबन्धु थापा र पशुपति शम्शेर राणाले संयुक्त रुपमा सङ्कल्पपत्रको सार्वजनिक गरेका हुन । राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य लिई चुनाव जितेको गाउँ÷नगरपालिकालाई देशभर ‘नमुना स्थानीय तह’का रुपमा स्थापित र सञ्चालन गरिने उल्लेख छ ।

    राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आदर्श, मान्यता र योगदानको सम्मान गरिने गरी सङ्कल्पपत्र जारी गरिएको छ । पार्टीले जितेका गाउँ÷नगरपालिका अन्तर्गतका प्रत्येक कार्यालयमा राष्ट्रनिर्माताको तस्बिर अनिवार्य रुपमा राखिने छ । 

    गाउँ÷नगरपालिका भित्रका विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषय समावेश गरिने, स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ गरिने, स्थानीय तहमा गौहत्यालाई पूर्णतः निषेध गरी त्यस्तो अपराधमा संलग्नलाई कडा कारबाही गरिने र गौरक्षाको लागि प्रत्येक गाउँ÷नगरपालिकामा गौशाला निर्माण गरिने उल्लेख गरिएको छ ।

    त्यस्तै कुल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिने सङ्कल्पत्रहमा उल्लेख छ । गाउँपालिका र नगरपालिकाबाट अनुदान प्राप्त गर्ने विद्यालयमा माध्यामिक तहसम्मको पढाइ निःशुल्क गरिने, सार्वजानिक र निजी विद्यालयमा प्रयोग हुने पाठ्यसामग्रीमा देखिएका भिन्नतालाई सम्बोधन गर्न पाठ्यसामग्रीमा आवश्यक परिमार्जन गरी एकरूपता कायम गरिने छ । 

    त्यस्तै प्रत्येक गाउँ÷नगरपालिकामा कम्तीमा २५ शय्याको अस्पताल निर्माण गरिने छ । अनुदानप्राप्त अस्पतालमा प्राथमिक स्वास्थ निःशुल्क हुनेछ । प्रत्येक गाउँ÷नगरपालिकाहरू स्वास्थ्य उपचार कोष खडा गरिने छ । 

    विपन्न परिवारमा प्रतिशिशु एकमुष्ठ रु पाँच हजार ‘सुपोषण अनुदान’ आमामार्फत प्रदान गरिनेछ । न्यून आय भएका लक्षित वर्गलाई आवास सुविधा उपलब्ध गराउन विशेष आवास परियोजना कार्यान्वयन गरिने सङ्कपपत्रमा उल्लेख छ ।

    त्यस्तै गरिबी निवारण र रोजगारी प्रवद्र्धन तथा कृषि, उद्योग तथा वाणिज्य क्षेत्रको विकास गरिने छ । गाउँ÷नगरपालिकाभित्र २५ भन्दा बढीलाई रोजगारी प्रदान गर्ने उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने छ । कृषि क्षेत्रको व्यावसायिकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणका लागि प्रत्येक गाउँ ÷नगरपालिकाको विशिष्ठताको आधारमा कृषि क्षेत्र विकास योजना कार्यान्वयन गरिने छ ।

    सुशासन र भ्रष्टाचारमुक्त प्रशासन    
    गाउँ÷नगरपालिकामा भ्रष्टाचारमुक्त प्रशासन कायम गरी नगरपालिका र गाउँपालिकालाई ‘विकास र प्रगतिको केन्द्र’ बनाइने छ । यस प्रयोजनका लागि आवश्यक संरचनागत व्यवस्था र कानुनी आधार तयार गरिने छ ।

    महिला सशक्तीकरण, महिला साक्षरता अभियान सञ्चालन गरिने छ । वैदेशिक रोजगारीमा गएका महिलाको अभिलेख राखी उनीहरूको स्थितिका बारेमा जानकारी राखिने छ । समस्या परेको अवस्थामा आवश्यक सहयोग गरिने छ ।

    आदिवासी, जनजाति, दलित, अपाङ्ग, मुस्लिम समुदाय तथा दुर्गम क्षेत्रको उत्थान कार्यक्रमअन्तर्गत आर्थिक, सामाजिक एवम् राजनीतिक दृष्टिकोणबाट पछाडि परेका आदिवासी, जनजाति, अल्पसङ्ख्यक तथा मुस्लिम समुदायको हित, उत्थान र अधिकारको संरक्षण र संवद्र्धनका निमित्त विशेष कार्ययोजना कार्यान्वयन गरिने छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast