सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    तराईमा स्थानीय तह थप्ने सरकारी तयारी असफल, संसद सुचारु

    बुधबार, १३ बैशाख २०७४, आहाखबर

    काठमाडौंः विभिन्न ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने सरकारको तयारी असफल भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाउँदै संसद अवरोध गरेपछि सरकार निर्णयबाट पछि हटन बाध्य भएको हो । मधेसी मोर्चाको दबाबमा परेर सरकारले तराईका ११ जिल्लामा स्थानीय तह थप्ने तयारी गरे पनि एमालेले निर्णय फिर्ता नलिएसम्म संसद चल्न नदिने भनेपछि सरकार पछि हटन बाध्य भएको हो । 

    स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता लिने सहमति सत्तारुढ र  विपक्षी एमालेबीच बुधबार भएपछि संसद्को बैठक सुरु भएको छ।  आज दिउँसो ३ बजेका लागि सारिएको संसद् बैठक, पुनः पाँच बजेका लागि तोकियो । सहमति हुन ढिलाई भएपनि साँझ साढे आठ बजेपछि मात्र संसद् बैठक सुरु भएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast