सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    देउवालाई फेरि प्रधानमन्त्रीको रुपमा देख्न खाँडलाई हतार, एमालेको गरे आलोचना

    बुधबार, १३ बैशाख २०७४, आहाखबर

    काठमाडौंः रक्षामन्त्री समेत रहेका काँग्रेसका एक नेता बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन भएलगत्तै पुष्पकमल दाहालले सत्ता छोडने र शेरबहादुर देउवा प्रधानमन्त्री हुने दावी गरेका छन् । 

    रिपोर्टर्स क्लवमा बुधबार बोल्दै उनले पहिलो चरणको स्थानीय चुनावपछि दाहालले देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दाबी गरेका हुन । खाँडले भने, ‘आउँदो आर्थिक बर्षको बजेट निर्माण गर्नेगरि हाम्रो पार्टीका सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’ 

    उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धन तीन वटै तह (केन्द्रीय, प्रादेशिक र स्थानीय)को निर्वाचनसम्म कायम रहने भन्दै थपे, ‘म त चाहन्छु यो गठबन्धन लामो समयसम्म जाओस्, किनकी नेपालमा द्धन्द्ध व्यवस्थापन गर्न काँग्रेस र माओवादीले भूमिका निर्वाह गरेको हो ।’

    यसअघि केपी ओली नेतृत्वको सरकारसँग दक्षिणी छिमेकी चिडिएपछि काँग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बन्ने र नौ महिना अर्थात चैतमा दाहालले देउवालाई सत्ता छोडने समीकरण बनेको थियो । सहमतिअनुसार स्थानीय चुनाव ढिलो भएपछि काँग्रेसले दाहालको कार्यकाल एक महिना अर्थात वैशाख ३१ गतेसम्मलाई थपेको छ । 

    यस विषयमा काँग्रेस र माओवादीबीच लिखित नै सहमति भएको काँग्रेस नेताहरुले दावी गर्दै आएका छन् । अहिलेको समीकरण बिग्रिएर एमाले र माओवादी फेरि मिल्ने अवस्था नआओस भनेर दाहालले पार्टीको अडान र विरोधलाई समेत लत्याउँदै गएका छन् । 

    खाँडले विपक्षी एमालेको समेत चर्को आलोचना गर्दै संसदमा पेश भएको परिमार्जनसहितको नयाँ संविधान संशोधन विद्येयकले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनले दावी गरे । 

    उनले यो विद्येयक दुई तिहाईले पारित हुने दावी समेत गरे । खाँडले भने, ‘अहिले संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव सबैको सहमतिमा ल्याइएको हो, त्यसैले यसलाई पारित गर्नुपर्छ ।’ उनले संशोधन प्रस्ताव राष्ट्रघाती छ भन्ने एमालेको आरोपको खण्डन गर्दै भने, ‘एमालेको टिप्पणी अतिरञ्जित छ, यो गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति हो, यस्तो अभिव्यक्ति जिम्मेवार नेताहरुले दिनुहुँदैन् ।’

    सात वटै प्रदेशमा नेपाली सेनाका पृत्तनापति राखिने भन्दै उनले संघीय संरचना अनुसार नै प्रदेशमा सेनाको उपस्थिति हुने बताए । खाँडले प्रतिरक्षा नीतिको लागि विज्ञसहितको एउटा समिति वा आयोग बनाउने तयारी भइरहेको बताए । स्थानीय तहको निर्वाचनमासेना ब्याक लाईनमा खटिने उनले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast