सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    प्रचण्ड र ओलीबीच कुरा मिलेन, अप्ठ्यारो पारेर विदेशीले स्वार्थ पूर्ति गर्न खाजेको एमालेको दावी

    बुधबार, १३ बैशाख २०७४, आहाखबर

    काठमाडौंः रजनीतिक निकास खोज्न सत्तारुढ दलहरु र विपक्षी नेकपा एमालेबीच बुधबार संसदमा भएको छलफलले दलहरुबीच दूरी थप बढाएको छ । मधेसी मार्चासँग गरिएका सम्झौता राष्ट्रहित र बदनियतपूर्ण रहेको भन्दै एमालेले त्यसलाई नमान्ने बताएपछि निर्वाचनसमेत अन्योलमा परेको छ । 

    संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी नेता केपी  ओलीबीच संसद भएको बैठकमा चर्काचर्की भएको छ भने एमालेले संविधान संशोधन र तराईमा स्थानीय निकाय थप्ने कुरा कुनै हालतमा पनि नमान्ने पूरानै अडान लिएको छ । 

    एमालेले तराईका ११ जिल्लामा एक सयओटा स्थानीय तह थप्ने सरकारले तयारी गरेपछि एमालेले त्यसको विरोधमा संसद अवरोध जारी राखेको छ । अवरोध खुलाउन बसेको सत्ताधारी र एमालेको बैठकमा नेताहरुबीच नै चर्चाचर्की भएपछि निर्वाचन अन्योलमा परेको हो । 

    तराई मधेसका केही जिल्ला छानीछानी स्थानीय तह हतार  हतारमा बढाउने कुरा बदनियतपूर्ण भन्दै कुनै हालतमा यो स्वीकार्य नहुने ओलीको भनाई छ । सत्ताधारीले भने मोर्चालाई निर्वाचनमा सहभागी गराउन उनीहरुको शर्त मान्नुपर्ने तर्क अघि सारेका छन् । 

    एमाले नेताहरुले भने चुनाव नगराउने खेलअनुरुप संभव नै नहुने राष्ट्र  हितविरुद्धका प्रस्तावहरु चुनावको मुखमा ल्याए तेर्स्याउने काम भएको भन्दै डिजाइनअनुसार आएका यस्ता प्रस्तावहरु मान्न आफ्नो पार्टी तयार नरहेको बताएका थिए । उनीहरुले संविधान संशोधन विद्येयक कुनै हालतमा पास गर्न नदिने अडान लिएका थिए । 

    यता प्रधानमन्त्री दाहालले भने एमालेले समर्थन नगरे पनि दुई तिहाई पुर्याएर  संशोधन पास गराएर देखाउने चुनौति दिएका थिए । प्रधानमन्त्री र ओलीबीच भनाभन भइरहँदा काँग्रेस र राप्रपाका नेताहरु भने मुकदर्शक भएर हेरिरहेका थिए । 

    चुनावको मुखमा अप्ठ्यारो पारेर सुनियोजितरुपमा ल्याइएका मधेसी मोर्चाका अनुचित माग एकपछि पूरा गर्दै जाने हो भने यत्रो आयोग बनाएर अध्ययन गरेर पुर्नसंरचना गरिएको स्थानीय तहको के औचित्यता भन्दै एमाले नेताहरुले मधेसी मोर्चाका माग भन्दै सत्ताधारीहरु बाहृय दबावमा लम्पसार परेर मुलुकलाई बर्बाद बनाउन लागेको बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast