शुक्रबार, कार्तिक २९, २०७६
    पर्यटन समाचार

    पहिलो औपचारिक विदेश भ्रमणका लागि राष्ट्रपति आज भारत जाँदै

    सोमबार, ४ बैशाख २०७४, आहाखबर

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि छिमेकी भारतको औपचारिक राजकीय भ्रमण हुँदैछ । संविधान जारी भएपछि निर्वाचित भएकी राष्ट्रपति भण्डारीको यो पहिलो राजकीय विदेश भ्रमण हो । 

    यसअघि पटक पटक भ्रमणको तयारी गरेर पनि स्थगित भएको भण्डारीको भारत भ्रमण बल्ल निश्चित भएको हो । पाँच दिने भ्रमणका लागि भारत जान लागेकी आज बिहान ११ बजे प्रस्थान गर्ने कार्यक्रम छ । 

    राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीलगायतको सहभागिता रहने पराराष्ट्र मन्त्रालयले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast