सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एकाएक सरकार पुर्नगठन गरिँदै, कमल थापा उपप्रधानमन्त्रीको सपथ खाने तयारीमा

    बिहिवार, २६ फागुन २०७३, आहाखबर

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले एकाएक मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई दाहाल सरकारले उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी गरेको हो । 

    आजै साँझ थापालाई सपथ खुवाउने तयारी भइरहेको जनाइएको छ । थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्ने निश्चित जस्तै भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । साँझ साढे ६ बजे सपथको कार्यक्रम राखिएको छ । 

    अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे छन् । माओवादीको सिफारिसमा मन्त्री भएका उनलाई विना विभागीय मन्त्री बनाइ थापालाई स्थानीय विकास दिने तयारी गरिएको हो । 

    यद्यपि प्रधानमन्त्रीसँग पशुपक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी नै छ । यस्तै, राप्रपाबाट नयाँ थपिने मन्त्रीले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चर्चा चलेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast