सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    राजविराज घटनाको छाविन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय

    बुधबार, २५ फागुन २०७३, आहाखबर

    काठमाडौंः सरकारले राजविराज घटनाको छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले आयोग गठन गर्ने निर्ण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश तोक्ने निर्णय गरेको छ । 

    आयोगका पदाधिकारी चयन गर्ने गृह मन्त्रालयले गर्नेछ । मन्त्रालयले सुरक्षा निकायका प्रतिनिधिलाई सम्मिलत गरी आयोगलाई पूर्णता दिनेछ । साथै, बैठकले राजविराजमा प्रहरीसँगको झडपमा मृत्यु भएकाहरुको परिवारलाई प्रति परिवार १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । घटनामा चार जनाको मृत्यु भएको थियो । त्यस्तै, घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भएको छ ।

    सप्तरी घटनामा केन्द्रीत रहेको आजको मन्त्रिपरिषद बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न दलहरुलाई आग्रह पनि गरेको छ । 

    बैठकले ७४४ स्थानीय तहको इकाई कार्यालय स्थापना गर्न तत्काल एक करोड रुपियाँ निकास गर्ने निर्णय पनि गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast