सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    उपेन्द्रको ठूला दलका नेतालाई प्रश्न– नरेन्द्र मोदीको अगाडि संविधान संशोधन गर्छु भनेको होइन ?

    बुधबार, २५ फागुन २०७३, आहाखबर
    फाइल फोटो

    भक्तपुरः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा बुधबार बोल्दै यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको दावी गरे । 

    लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको बिरोध अरुले पनि गर्न पाउने भएता पनि मधेसी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्ध रहेको उनको तर्क थियो । प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने उत्तर आएपछि मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको यादवले बताए । उनले आजबाट सरकार अल्पमतमा परेको उनको भनाई थियो ।

    यादवले स्थानीय तहको निर्वाचन नहुने दावी गरे । उनले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने भन्दै स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र भएको बताए । 

    एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भनेर भ्रामक प्रचार गरेको भन्दै उनले घटनालाई अन्तै मोड्ने प्रयास भएको दावी गरे । सप्तरी घटनामा टाउको र छात्तीमा मधेसी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको यादवको तर्क थियो । 

    उनले भने,  ‘निर्वाचन गर्ने कुरा भ्रामक हो, केन्द्र र प्रदेशको निर्वाचन पश्चात मात्र स्थानीय तहको निर्वाचन हुन्छ ।’ यादवले तोकेको समयमा निर्वाचन गर्न नसक्ने र मधेस बिना नै निर्वाचन गर्छौ भन्नु कति उपयुक्त छ ? भनि प्रश्न गरे । 
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा संविधान संशोधनको प्रतिबद्धता जनाए पनि ठूला दलका नेताले प्रतिबद्धता पूरा नगरेको उनको गुनासो थियो । यसबाट नेपालको अन्तर्राष्ट्रिय छवी बिग्रिएको यादवले बताए ।     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast