सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    नेपालको संबिधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको प्रधानमन्त्री दाहालको दावी

    अन्तरास्ट्रिय महिला दिवस:

    बुधबार, २५ फागुन २०७३, आहाखबर

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको बताएका छन् ।

    १ सय ७ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गरेको उल्लेख गर्दै नेपालको संविधान सबैभन्दा महिलामैत्री भएको दावी गरेका हुन् ।

    सरकारले घोषणा गरेको २०७४ वैशाख ३१ गतेको स्थानीय निर्वाचन मार्फत हजारौं महिलाहरु निर्वाचित भई राजनीति र विकासमा महिलाको योगदान उच्च हुनेमा प्रधानमन्त्री दाहालले आशा व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको पनि बताए ।

    उनले भने देशको विकासका लागि जनसंख्याको आधा भाग ढाकेका महिला दिदीबहिनीहरुको समान सहभागिता जरुरी रहेको बक्तब्य मार्फत उल्लेख गरेका छन्  ।

    प्रधानमन्त्री दाहालले महिला दिसको अवसरमा महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभा आहृवान समेत गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast