सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    चाक्सीवारीमा पौडेल समूहको बैठक, मुलुकलाई निकास दिन नेतृत्व असफल भएको निष्कर्ष

    बुधबार, २५ फागुन २०७३, आहाखबर

    काठमाडौंः मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि काँग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको रामचन्द्र पौडेल पक्षधरहरुको मंगलबार बसेको बैठकले निष्कर्ष निकालेको छ । 

    संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पार्टीको पदाधिकारीदेखि केन्द्रीय सदस्य तथा विभागलाई पूर्णता दिन सभापति शेरबहादुर देउवा असफल भएको र आर्थिक चलखेलमा राजदूत नियुक्ति जस्ता विवादास्पद कुरामा अल्झिएको पौडेल पक्षधरहरुको बताए । 

    पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले राजनीतिक सङ्कट भएको बेलामा पार्टी अनिर्णयको बन्दी बन्नु दुःखद भन्दै एमाले आक्रामक प्रचारशैलीसहित लोकप्रिय नारा लिएर आउँदा काँग्रेस मुकदर्शक भएर बसेको पौडेल पक्षीय नेताहरुको भनाई छ । 

    बैठकमा अहिलेको गहिरिँदो राजनीतिक संकटका विषयमा छलफलका लागि पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए । बैठकमा सप्तरीमा घटेको घटनाले मुलुकमा झन् राजनीतिक अस्थिरता कायम गरेको भन्दै ठूलो दलका हिसाबले नेपाली काँग्रेसले समन्वयकारी भूमिका खेल्नुपर्नेमा असफल भएको, काँग्रेसकै गृहमन्त्रीको शैली ठिक नभएको भन्दै सप्तरी घटनापछि सबै पक्ष सम्यम् हुन आग्रह समेत गरेको छ । 

    बैठकमा नेता दीलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, डा मीनेन्द्र रिजाल, महेश आचार्य, डा नारायण खड्का, गोविन्द भट्टराई गुरुराज घिमिरेलगायत डेढ दर्जन केन्द्रीय सदस्य सहभागी थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल भने गृहजिल्ला तनहुँको भ्रमणमा छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast