सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    सप्तरीमा नयाँ प्रजिअ र प्रहरी प्रमुख पठाइए

    मंगलवार, २४ फागुन २०७३, आहाखबर

    काठमाडौँ : गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

    त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ । यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई राजधानी फिर्ता बोलाएको थियो ।

    मन्त्रालयका प्रवक्ता पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको बताए ।
    सोमबार नेकपा (एमाले) ले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast