सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि समस्या समाधान गरौंः पौडेल

    मंगलवार, २४ फागुन २०७३, आहाखबर

    तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखदायी रहेको बताएका छन् । 

    दमौलीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको भन्दै मुलुकभित्र देखिएका समस्या समाधान गर्न आवश्यक परे राष्ट्रिय सहमतीको सरकार गठन गरेर भए पनि निकास दिन सक्नुपर्ने बताए । 

    यस्तो स्थितिमा स्थानिय चुनाव हुन सक्ला ? भन्ने प्रश्नमा पौडेलले यस घटनाले निर्वाचनलाई प्रभाव पार्न नहुने बताए । मधेसको घटनाले स्थिती बिग्रदै गएकाले सरकार संयम हुनु पर्ने उनको भनाई थियो । 

    कांग्रेस र माओवादीबीच सरकार गठन हुँदा भएको गोप्य सम्झौता आफूलाई थाहा नभएको पौडेलले बताए । 

    त्यस्तै, नेपाल शिक्षक सङ्घ तनहुँको आठौँ जिल्ला अधिवेशनमा पौडेलले अधिनायकवाद र प्रतिगामी कदमका विरुद्ध शिक्षकले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । 

    उनले भने – ‘देशलाई सङ्कट परेको बेला शिक्षकले सङ्कट समाधानका लागि उल्लेख्य कदम चाल्ने गरेका छन् ।’ पौडेलले तपाईंहरू सानासाना बाबुनानीको मात्रै शिक्षक नभएर राष्ट्रकै शिक्षक हुनुहुन्छ, त्यसैले बिगे्रको राजनीतिलाई सही ठाउँमा ल्याउन पनि फेरि तपाईंहरूको काँधमा अर्को जिम्मेवारी थपिएको छ भने । 

    अधिवेशनका क्रममा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अध्यक्षमा कृष्णहरि गैह्रे र कमलभक्त पोख्रेलले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । सङ्घमा आबद्ध दुई हजार ४७० शिक्षकले मतदान प्रक्रियाबाट बुधबार नेतृत्व चयन गर्नेछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast