सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    मोर्चा कार्यकर्ताको निशानामा सरकारी गाडि र भवन, मानवअधिकार आयोगको गाडि तोडफोड

    मंगलवार, २४ फागुन २०७३, आहाखबर

    सप्तरीः सोमबार प्रहरीसँगको झडपमा तीन जना मधेसी मोर्चाका तीन कार्यकर्ताको ज्यान गएपछि आक्रोसित मोर्चाका कार्यकर्ताले मंगलबार बिहान राष्ट्रिय मानवअधिकार आयोगको गाडि तोडफोड गरेका छन् । 

    हिजोदेखि नै तनावग्रस्त रहेको राजविराजमा उत्तेजित भिडले जिल्ला प्रशासन अगाडि नै आयोगको जनकपुर कार्यालयको गाडी तोडफोड गरेको हो । बा ७ च ७४७३ नम्बरको स्कोरपियो गाडिमा पाँच जना आयोगका कर्मचारी सवार थिए । तोडफोडबाट गाडिको सिसा फुटेको छ । 

    ज्यान जोगाएर भागेका चिरञ्जीवी कोइराला, वनलकिशोर सिंह, रेवा रेग्मी, पवन भण्डारी, श्रीराम कार्की सुरक्षित रहेको प्रहरीको भनाई छ । 

    सोमबारको घटनापछि मोर्चाको कार्यकर्ताले सरकारी गाडिहरुलाई मुख्य निसाना बनाउनसक्ने भएपछि सरकारी गाडिहरु सुरक्षित स्थानमा राखिएको खबर छ भने कतिपय सरकारी कार्यालयमा ढुँगामुढासमेत गरेका छन् । 

    मोर्चाका कार्यकर्ताले बिहान नै जिल्ला प्रशासन अगाडि धर्ना दिएर नारावाजी गरिरहेका छन् । उनीहरुले केपी ओली र सरकारको आलोचना गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारवाही गर्न माग गरेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast