सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    सप्तरी सिडिओ र प्रहरी प्रमुखलाई प्रधानमन्त्री दाहालले काठमाडौँ बोलाए

    मंगलवार, २४ फागुन २०७३, आहाखबर

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना  र जिल्ला प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्।

    उनीहरुलाई गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीको निर्देशनमा फोन गरेर सोमबारको घटनाबारे बुझ्न प्रधानमन्त्रीले प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन्।

    प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार घटनाबारे जानकारी लिन प्रजिअ र प्रहरी प्रमुखलाई बोलाएको मात्रै हो यसलाई तानिएको वा सरुवा गरिएको भनेरेअ नबुझ्न भने ।  

    सोमबार नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको कार्यक्रमपछि मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। झडपमा तीन जनाको ज्यान गएको थियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast