सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    मोर्चाले सरकारले दिएको समर्थन फिर्ता लियो, मुलुक २०४७ सालमा फर्किने संकेत

    सोमबार, २३ फागुन २०७३, आहाखबर

    काठमाडौंः सप्तरीको राजविराजमा चार जनाको ज्यान जानेगरी राजनीतिक द्धन्द्ध चर्कियसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

    संघीय समाजवादी फोरम, नेपालको कार्यालय सोमबार साँझ तीनकुनेमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

    समर्थन फिर्ताको औपचारिक पत्र मंगलबार सभामुख ओनसरी घर्तीलाई बुझाइने मोर्चाले तयारी गरेको छ । मुलुक राजनीतिक निकासभन्दा पनि द्धन्द्ध र मुठभेडतर्फ लम्किँदा राजनीति कतै फेरि २०४७ सालतर्फ फर्किने पो हो कि भन्ने अडकलवाजीहरु सुरु भएको छ । 

    एमालेको मेची महाकाली अभियानअन्तर्गत राजविराजमा आज भएको उसको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच मुठभेड हुँदा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएपछि मोर्चाले आकस्मिक बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

    मोर्चाको समर्थन फिर्ताले सरकार अल्पमतमा पर्ने संभावना नभए पनि सरकार नैतिक संकटमा परेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई मोर्चामा आबद्ध सात दलको समर्थन थियो । मोर्चासँग ३९ साँसद रहेका छन् । 

    संघीयता र राज्य पुर्नसंरचना विवादले मुलुकको राजनीति अनन्त कालसम्म अन्योल र अनिश्चितता कायम रहने र मुलुकमा द्धन्द्ध चर्किने क्रमसँगै संविधान कार्यान्वयनमा समेत जटिलता उत्पन्न हुनाले मुलुकक २०४७ सालको स्थितिमा फर्किने हो कि ? भन्ने आशंका बढेको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast