सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    राजविराज घटनामा मृत्यु हुनेको संख्या ३, गम्भीर घाइतेहरुको उपचार जारी

    सोमबार, २३ फागुन २०७३, आहाखबर

    काठमाडौंः सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सप्तरी मलेठ९२ का सञ्‍जन मेहताको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई घाइतको उपचारका लागि लाने क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुने अन्यमा सप्तरी मलेठ ४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरीले जनाएको छ । 
    अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । 

    एमालेको मेची महाकाली अभियानअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा एमालेको आमसभामा अवरोध पुर्याउन खोज्दा प्रहरीले रोकेपछि  मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न नछोडेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast