सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एमालेको कार्यक्रम बिथोल्न खोज्दा गोली लागि एक मोर्चा कार्यकर्ताको मृत्यु, जर्दनौ घाइते

    सोमबार, २३ फागुन २०७३, आहाखबर

    सप्तरीः प्रमुख प्रतिपक्षी दल एमालेको मेची–महाकाली अभियान बिथोल्न आएको मधेसी मोर्चा समर्थक कार्यकर्तालाई रोक्न प्रहरीले गोली चलाउँदा एक जना युवकको मृत्यु भएको छ ।

    दुईवटा समूहको मुठभेड हुन नदिन प्रहरीले मोर्चाका कार्यकर्तालाई रोक्ने क्रममा भिडबाट ढुँगामुडा हुँदा गोली चलाउन बाध्य भएको प्रहरीको भनाई छ । टउकोमा गोली लागेका मोर्चाका कार्यकर्ता सप्तरीको मलेठ– २ का अन्दाजी १८ वर्षीय सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । 

    एमालेले राजविराजमा गर्ने भनेको आमसभा परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको बेला कार्यक्रम बिथोल्न मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीसँग मुठभेड भएको हो । मुठभेडमा दर्जनौ घाइते भएका छन् । उनीहरुको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर र गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि विराटनगर र धरान पठाइएको छ ।

    मोर्चाले भने प्रहरीको हुलमा एमाले कार्यकर्ताले घुसपैठ गरेर ढुंगामुढा गरेपछि स्थिति अशान्त बनाउने काम गरेको आरोप लगाएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षाबीच ओलीसहित एमालेका शीर्ष नेताहरुलाई सुरक्षित स्थलमतर्फ पुर्याएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast