सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    एमालेको शक्ति देखेर शक्ति केन्द्र डराएः रविन्द्र अधिकारी

    सोमबार, २३ फागुन २०७३, आहाखबर
    फाइल फोटो

    भक्तपुरः नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले मधेसका दुई चार ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने तर्क गरेका छन् ।

    रफत सञ्चार क्लवमा सोमबार अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार गर्न सकिन्न भन्दै संविधान संशोधनभन्दा पहिला निर्वाचन जरुरी छ भने । निर्वाचन गराउन नखोज्ने सरकारको नियतलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनको भनाई थियो ।

    एमालेलाई विकासविरोधी प्रमाणित गर्न अधिकारीले चुनौती दिए । उनले निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने भन्दै एमालेको मेची महाकाली अभियान देखेर केही शक्तिहरु तर्सिएको बताए । शक्तिको नाम भने उनले खुलाएनन्  । 

    मुलुकलाई अराजनीतिक कुरीतितर्फ लैजान सरकारका प्रतिनिधिहरु लागिपरेको नेता अधिकारीले बताए । प्रजातान्त्रिक पद्दतिमा हरेक राजनीतिक पार्टीलाई सभा गर्ने छुट छ भन्दै उनले नेपालको अभियान बिथोल्न खोज्नेहरु राष्ट्र र राष्ट्रियताविरोध भएको बताए ।

    एमालेको संयमतालाई हल्कारुपमा नलिन अधिकारीले चेतावनी दिए । एमालेले तराई मधेसका जनतालाई सचेत गराउन जागरण अभियान थालेको बताउँदै यस जागरण अभियानलाई चुनावी अभियानका रुपमा नबुझन र नअत्तालिन आग्रह गरे ।  

    अधिकारीले भन, ‘मधेसी मोर्चालाई थाती राखेर भए पनि तोकिएको मितिमा निर्वाचन गर्नुपर्छ । तोकिएको निर्वाचनमा निर्वाचन गर्नुको विकल्प छैन् । 

    देशमा वैदेशिक हस्तक्षेप बढिरहेको उनको भनाई छ । अधिकारीले वैदेशिक हस्तक्षेप रोकेर आफनै खुट्टामा उभिन नसकेसम्म राज्य सञ्चालनमा अराजकता कायम भइरहने उनले बताए । राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक नियुक्त जस्ता विषयमा सरकार चुकेर गाइजात्रा देखाउने काम गरेको बताए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast