सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    स्थानीय विकासका दयालु कर्मचारीले धुर्मुस सुन्तलीलाई दिए एक लाख

    सोमबार, २३ फागुन २०७३, आहाखबर

    काठमाडौंः महोत्तरीको बर्दिवासमा मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई स्थानीय विकास मन्त्रालयका कर्मचारीले एक लाख दुई हजार ५१० रुपियाँ सहयोग गरेका छन् । 

    बस्ती निर्माण गर्न रकम अभाव भएको भन्ने समाचार सुनेर आफूहरुले धुर्मुस सुन्तलीलाई उक्त सहयोग गरेको कर्मचारीहरुले बताए । धुर्मुस सुन्तलीले बस्ती निर्माण गर्न दुई करोड रुपियाँ आवश्यक रहेको बताउँदै आएका छन् । उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशन नामक संस्था खडा गरी भूकम्प पीडितदेखि पछाडि परेका मुसहर समुदायलाई एकीकृत नमुना बस्ती निर्माणमा लाग्दै आएका छन् । 

    मन्त्रालयका ११८ कर्मचारीको संयुक्त प्रयासमा यो सहयोग रकम संकलन भएको जनाइएको छ । निर्माणाधिन मुसहर बस्तीमा अहिले घरको छत छाउने काम भइरहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast