सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    सप्तरीको राजबिराजमा दुईवटा बम फेला

    सोमबार, २३ फागुन २०७३, आहाखबर

    राजविराज: नेकपा एमालेले गर्न लागेको आजको मेची–महाकाली अभियान अन्तर्गत सभा बिथोल्ने उदेश्यले सोमबार सप्तरीको राजविराजमा दुईवटा बम फेला परेको छ।

    राजविराज नगरपालिका–४, मलेठमा प्रेसर कुकर र सकेट बम फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर कार्कीले जानकारी दिए।

    बम डिस्पोजलका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको कार्कीले बताए ।

    बम भेटिएको स्थान एमालेको सभास्थल नजिकैको पर्दछ।

    एमालेले राजविराजको औद्योगिक क्षेत्रमा सोमबार दिउँसो आमसभा गर्र्दैछ। त्यसको विरोधमा विहानैदेखि मधेसी मोर्चामा आबद्ध दलका नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast