सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    स्थानीय तहको विवाद समाधान गर्न ७४४ कायम गरियो

    आईतवार, २२ फागुन २०७३, आहाखबर

    काठमाडौंः मन्त्रिपरिषदको आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको संख्या ७४४ कायम गर्ने निर्णय गरेको छ । बैठकले माओवादी र कांग्रेसबीच भएको सहमतिअनुसार उक्त संख्या कायम गरेको हो । 

    यसअघि स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तह थप्ने प्रस्ताव सहितको प्रतिवेदन मन्त्रिपरिषदमा बुझाएको थियो । कार्यदलले १० जिल्लामा १९ स्थानीय तह थप्ने प्रस्ताव गरेको भएपनि माओवादी र कांग्रेसबीच मधेसमा २१ र पहाडमा दुई स्थानीय तह थप गर्ने सहमति भएको थियो ।

    बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । जसमा काँग्रेस र मधेसी मोर्चाले असन्तुष्टि जनाएको थियो । उक्त असन्तुष्टिपछि  स्थानीय विकासमन्त्री पाण्डे संयोजकत्वको कार्यदल गठन गरेको थियो ।

    पाण्डेका अनुसार काठमाडौंमा शंखरापुर र दक्षिणकालीलाई पनि नगरपालिका बनाइँदै दुई स्थानीय तह थप गरिएको छ भने मनाङ र बझाङमा एक एक स्थानीय तह थप गर्ने निर्णय बैठकले गरेको छ ।

    नुवाकोट र खोटाङमा देखिएको समस्याबारे भने प्राविधिक समितिको सिफारिसलाई नै मान्यता दिइएको छ । मन्त्री पाण्डेले राजनीतिक समझदारीका आधारमा अन्य निर्णय लिन पनि सरकार तयार तयार गरेको बताए ।

    मन्त्रिपरिषद्को निर्णय अब राजपत्रमा प्रकाशित गरिने र निर्वाचन आयोगलाई उपलब्ध गराइने बताइएको छ । स्थानीय तहको टुँगो नलाग्दा आयोगलाई निर्वाचनबारे आवश्यक तयारी गर्न समस्या भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast