सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    नैतिकवान नेता नभएर जनताले दुःख पाएः पौडेल

    शनिबार, २१ फागुन २०७३, रासस.

    इटहरीः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समयमा नेपाली काँग्रेससँग ठोस नीति तथा कार्यक्रम भए पनि नैतिकवान् नेताको खडेरी पर्दै गएकाले नेपाली जनताले दुःख पाइरहेको बताएका छन् । 

    नेता पौडेलले नेपाली प्रेसले नैतिकवान् नेपाली नेता बन्नेतर्फ सचेतनाको सन्देश प्रवाह गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ सुनसरीको दसौं जिल्ला अधिवेशन समारोहमा निर्वाचित पदाधिकारीको पदस्थापना समारोहलाई सम्बोधन गर्ने उनले देशले संविधान प्राप्त गरे पनि अझै नैतिकवान् भएर नेताहरुले जनताप्रति समर्पित भएर काम गर्न नसक्दा देश नै अन्यौलग्रस्त अवस्थाबाट गुज्रिनु परेको बताए । 

    नेता पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली प्रेसले महत्वपूर्ण र परिणाममुखी योगदान गरेको इतिहास साक्षी रहेकाले नेपाली प्रेसमाथि देश एवम् जनताको उन्नतिप्रति ठूलो जिम्मेवारी रहेको बताए । 

    नेपाली राजनीतिले गलत बाटोतिर लागेको देख्नासाथ नेतालाई सही मार्गतर्फ अग्रसर गराउन प्रेसले गतिले भूमिका खेल्न सक्नुपर्ने उनको भनाई छ । राष्ट्रको आर्थिक समृद्धि र संविधानको सफल कार्यान्वयन हुनेतर्फ विशेष सचेतनाका सन्देश दिन प्रेसले सक्नुपर्ने बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast