सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    महाधिवेशनको एक महिनामै राप्रपामा पदाधिकारी चयन, काँग्रेसलाई चुनौति

    शनिबार, २१ फागुन २०७३, आहाखबर

    काठमाडौंः भर्खरै एकता महाधिवेशनसम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छ उपाध्यक्षसहित २७ पार्टी पदाधिकारीको मनोनयन गरेका छन्।

    मुलुककै ठूलो र आफूलाई लोकतान्त्रिक बताउने काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको महिनौ बितिसक्दासमेत पदाधिकारी नियुक्त गर्न नसकिरहेको बेला राप्रपाले भने महाधिवेशन भएको एक महिनाभित्रमै पदाधिकारी चयन गरेर देखाएर काँग्रेसलाई चुनौति दिएको छ । 

    राप्रपामा पाँच महामन्त्री, चार सहमहामन्त्री, छ सहायक महामन्त्री, तीन प्रवक्ता, एक सहप्रवक्ता, कोषाध्यक्ष एक र सहकोषध्यक्ष एक गरी २७ पदाधिकारीको मनोनयन गरिएको हो । 

    छ उपाध्यक्षमा दीपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द्र राय मनोनित भएका छन् भने महामन्त्री सूर्यबहादुर थापाका छोरा एवम् पूर्वमन्त्री सुनिल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा जयन्त चन्द, ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन र धवलशम्शेर राणा मनोनित भएका छन्। 

    सहमहामन्त्रीमा चद्रबहादुर गुरुङ, हेमजंग गुरुङ, निलकण्ठ काफ्ले र राम थापा, सहायक महामन्त्रीमा कुन्ती शाही, मनोज प्रधान, वृजलाल यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, बिन्दु पहाडी र राजाराम बर्तौला मनोनित भएका छन्।

    राप्रपाको तीन प्रवक्तामा रोशन कार्की, भुवन पाठक र सुशील श्रेष्ठ, सहायक प्रवक्तामा मोहन श्रेष्ठ, कोषाध्यक्षमा उद्धव पौडेल र सहायक कोषध्यक्षमा गिरीधर परियार मनोनित भएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast