सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    चुनावमा भाग लिने एउटा मधेसी दलको घोषणा

    शुक्रबार, २० फागुन २०७३, आहाखबर

    काठमाडौंः बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले शुक्रबार राजधानीको एक कार्यक्रममा बोल्दै निर्वाचनमा भाग लिने घोषणा गरेका छन् । 

    उनले भने, ‘मधेस आन्दोलनमा मानिसलाई मरिदेउ, तिमीलाई ५० लाख दिन्छु भनेर आह्वान गर्दा कसैको हित हुँदैन र भएन पनि, मर्नेको सपना साकार भएको छैन, यो राजनीतिक चरित्र पनि होइन, प्राप्त उपलब्धिहरू संस्थागत गर्नको लागि निर्वाचनको खाँचो छ ।’

    लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकोले यसलाई कुनै पनि हालतमा सफल बनाउनुपर्ने पासवानको भनाई छ । उनले थपे, ‘अहिले संविधान संशोधनको आवश्यकता थिएन्, हामी विपक्षमा भए पनि संविधान कार्यान्वयनको लागि हामी निर्वाचनमा जान्छौँ, सबै पक्षसँग गरिएको सहमति सहकार्यलाई प्राथमिकतामा राखेर दलित, पीछडावर्ग र मुस्लिम समुदायको हकअधिकारको ग्यारेण्टी संविधानमा आरक्षण व्यवस्थाद्धारा सम्बोधन गर्नुपर्छ, यसले मुलुकको हित गर्छ ।’

    पासवानले, ‘मधेसमा पनि निर्वाचन हुन्छ, मधेसका जनताले निर्वाचन चाहेका छन् भन्दै सरकारले तोकिएको समयमा भयरहित निवार्चनको वातावरण बनाउनुपर्छ, पहिलोपटक सम्भव भएन भने तराईका जिल्लामा दोस्रो चरणमा भए पनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ भने । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast