सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    असहमतिकाबीच राप्रपाको चुनाव चिन्ह 'गाई' राख्ने निर्णय

    शुक्रबार, २० फागुन २०७३, आहाखबर

    काठमाडौँ : राष्ट्रिय  प्रजातन्त्र पार्टीको (राप्रपा) आधिकारिक चुनाव चिन्ह कुन राख्ने भन्ने विवाद अन्तत 'गाई लाई नै मान्ने गरी सल्टिएको छ।

    तर पार्टीमा केही शीर्ष नेताहरुले त्यसबारे असहमति जनाएका थिए तर आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चुनाव चिन्ह गाई नै राख्ने निर्णय गरेको हो ।

    पार्टी मुख्यालयमा जारी पार्टीको बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य कोमल ओलीले जानकारी दिए।

    गाईलाई नै पार्टीको चुनाव चिन्ह बनाउने प्रस्ताव आएपछि त्यसप्रती नेताहरु लोकेन्द्र बहादुर चन्द, प्रकाशचन्द्र लोहनी लगायतले असहमति जनाएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast