सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    पाकिस्तानमा शाहरुख खानको चलचित्र 'रइज' प्रदर्शनमा रोक

    बुधबार, २६ माघ २०७३, आहाखबर

    काठमाडौँ : पाकिस्तानको सेन्सर बोर्डले शाहरुख खान अभिनित भारतीय चलचित्र 'राईज' को प्रदर्शनमा रोक लगाएको छ । उक्त चलचित्र रोक लगाउनुको कारण भने पाकिस्तानी मुलका 'मुसलमान समुदायलाई गलत रुपमा व्याख्या' गरेको भन्दै रोक लगाएको जनाएको छ ।

    खान जो आफै एक मुसलमान र जसको लाखौ दर्शकहरु छन् उसको फिल्म सेन्सर हुनुमा अर्थपूर्ण ढंगले पाकिस्तानमा हेरिएको छ । चलचित्रमा खान एक अबैध रक्सी ब्यापारीबाट राजनीतिमा प्रवेश गरेको देखाइएको छ । चलचित्र यही आइतबारबाट प्रदर्शनीमा आउनुपर्ने थियो तर मुसलमान समुदायको गलत प्रतिनिधित्तो गरिएको भन्दै सेन्सर बोर्डले फिल्ममाथि रोक लगाएको छ ।

    बोर्डले भनेको छ, " चलचित्रले मुसलमान समुदाएको वास्तविक अनुहार नदेखाई गलत र झूटा प्रचार गर्न खोजिएको छ। "  भारतको गुजरातमा १९८० को दशकमा भएको एक सत्य घटनालाई लिएर सो चलचित्र निर्माण गरिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast