सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    तेरियाले काठमाडौं आएर भनिन् ‘म जहाँ भए पनि मेरो काम नेपाल र नेपालीको लागि हुनेछ’

    शनिबार, २२ माघ २०७३, आहाखबर

    काठमाडौंः भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’की बिजेता तेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै आफू बिजेता नबनेको भन्दै यसमा नेपालीहरुको समर्थन र माया प्रमुख रहेको  बताएकी छन् । 

    तेरिया फाउण्डेशनकी संरक्षकसमेत रहेकी उनले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भनिन, ‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकी होइन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमूल्य सहयोगले म सफल भएकी हुँ । 

    तेरियाले आफूलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताइन । उनले थपिन्, ‘म नेपालमा बसेर केही काम गरे भनें तेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने नेपालकी तेरिया यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु ।’

    बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी तेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, सांसद आदित्यनारायण कंसुधर, फाउण्डेशनका अध्यक्ष कृष्ण फौजामगरले तेरियाको सफलताको बारेमा बोलेका थिए । 

    मन्त्री खाँणले तेरियालाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रिपरिषदमा कुरा राख्ने बताए । उनले नेपाल र नेपालीको शिर उच्च पार्नेजस्तो महत्वपूर्ण काम टेरियाले गरेको भन्दै बालबालिकाको लागि उनी आर्दश बनेकी छन् भने । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast