सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    मिस युनिभर्सको उपाधि फ्रान्सकी आइरिसलाई, यस्ता छन् उनका रुची

    सोमबार, १७ माघ २०७३, आहाखबर

    काठमाडौंः सन् २०१६ को मिस युनिभर्स उपाधि फ्रान्सकी २३ वर्षीया आइरिस मित्तेनायरले जितेकी छिन्।फिलिपिन्सको मनिलामा आइतबार आयोजित मिस युनिभर्सको विशेष समारोहमा उनले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन । 

    आइरिसले ८६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन । सन् २०१५ की मिस युनिभर्स पिया वुट्सबाखले उनको शिरमा ताज पहिर्याइदिएकी थिइन । मिस युनिभर्समा भाग लिएका मध्ये उनी ५६ नम्बरकी प्रतियोगी आइरिसले फ्रान्सलाई ६४ वर्षपछि मिस युनिभर्सको उपाधि दिलाएकी हुन्। 

    डेन्टल सर्जरीकी विद्यार्थी उनले दाँतको बारेमा विश्‍वभर जनचेतना अभियान सञ्चालन गर्ने लक्ष्य लिएकी छन् । खेलमा विशेष रुची राख्ने उनी स्काइ डाइभिङ, बन्जी जम्पिङ र ह्याङग्लाइडिङ खेल्‍न रुचाउँछिन्। आइरिसले उत्तरी फ्रान्समा खेलिने स्काइ डाइभिङमा निक्‍कै अनुभव भएको बताइन ।

    फ्रेन्च फुड पकाउन पनि सिपालु आइरिस चर्चित अमेरिकी गायिका तथा नायिका वियोन्सको फ्यान हुन्। रोबर्टो बेनिङगीद्वारा निर्देशित लाइफ इज ब्युटिफुलु उनको मन पर्ने चलचित्र हो। आइरिसलाई संसारको गल्‍ली गल्ली अझै घुम्‍ने इच्छा छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast