सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    नेपाली किशोरी तेरियालाई भारतीय टिभी शोमा सर्वाधिक राशीको उपाधि

    शुक्रबार, ७ माघ २०७३, आहाखबर
    फाइल फोटो

    काठमाडौंः नेपालकी तेरिया फौजा मगरले भारतको कलर्स टिभीको चर्चित रियालीटी शो ‘झलक दिखला जा’ को उपाधि जित्न सफल भएकी छन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले उक्त उपाधि जित्न सफल भएकी हुन । 

    उनलाई जिताउन भारतका विशेषगरी नेपाली भाषीदेखि नेपालका लाखौं मानिसहरुले समर्थनमा भोटिंग गरेसँगै तेरियाले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा उपाधि कब्जा गर्न सफल भएकी हुन । 

    फाइनलमा नृत्यसंगै एसएमएस भोटमार्फत बिजेता छानिएको थियो । तेरियाको औपचारिक जीतको घोषणा शनिबार राति १० बजे कलर्स टिभिमार्फत गरिनेछ । यद्यपि आयोजकले शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा सार्वजनिक गर्दै तेरियाले उपाधि जितेको जनाएको हो । 

    तेरियालाई जिताउन ‘तेरिया जीताऔं अभियान’ नै सञ्चालन गरिएको थियो । बुटवलको बागेश्वरी संगीतालयमा विगत तीन बर्षदेखि नृत्य सिक्दै आएकी तेरियाले भारतीय टिभी शोमा सर्वाधिक पुरस्कार राशीको ‘झलक दिखला जा’को उपाधि जित्न सफल भएकी हुन । उनले ३० लाख भारतीय रुपियाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाउने छिन् । 

    तेरियाले सन् २०१४ को जिटिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी थिइन । डिआइडी लिटिल मास्टर विजेता भएपछि तेरियाले नेपाली झण्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राख्दै आएकी थिइन । नेपाल र विदेशमा रहेका लाखौं नेपाली तथा अन्य विदेशी समर्थक र शुभचिन्तक बनिसकेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast