सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सब धरानमा सुरु हुँदै, १६ देशका ४८ वटा चलचित्र देखाइने

    बुधबार, २७ पौष २०७३, आहाखबर


    काठमाडौं : अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आजबाट धरानमा यही माघ २ गतेसम्म 'अन्तर्राष्ट्रिय चलचित्र महोत्सब नेपाल–२०१७’ सुरु हुँदै छ ।

    प्रधानमन्त्री पुष्प कमल दाहालले महोत्सवको आजै उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सबको उद्घाटन विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेक्षालयमा हुनेछ भने महोत्सवका चलचित्र प्रदर्शन सभागृहको प्रेक्षालयमा पाँच दिनसम्म चल्नेछ ।

    महोत्सबको मुख्य उदेश्य मौलिक, सार्थक, यथार्थपरक र कलात्मक फिल्मलाई प्रवर्धन गर्ने र यस्ता चलचित्रलाई मुलधारका चलचित्रसँग जोडेर अघि बढाउनु रहेको छ ।

    महोत्सवका लागि २२ देशका लामा चलचित्र, बृत्तचित्र, कार्टुन चलचित्र, छोटा चलचित्र गरी २ सय १ ओटा सिनेमा देखाइने छन् ।

    जसमध्य १६ देशका ४८ चलचित्र छानिएका छन् । छानिएका चलचित्र फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री, डक्युड्रामा र कार्टुन फिल्म रहेका छन् ।

    चीनका बरिष्ट चलचित्र निर्देशक सेई फी मुख्य निर्णायक रहेको महोत्सवमा फ्रान्सका चलचित्र प्रध्यापक ड्रागन मिलिन कोभिक, नेपालका चर्चित अभिनेता राजेश हमाल, नेपालकै अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र भारतकी चलचित्र छायाँकार फाओजिया फथिमा पनि निर्णायकमा रहेका छन् ।

    महोत्सबमा सहभागी सबै चलचित्रहरुले अवार्डको लागि प्रतिस्पर्धा गर्ने छन् । जस अन्तरार्गत नेपाल पानोरमा अन्तर्गत नेपाली चलचित्रहरुको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत नेपाल लगायत बाँकी देशका सिनेमाहरु बीच प्रतिस्पर्धा हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast