सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    ‘नेपथ्य लाइभ पल्सर डेयर भेन्चर’ले पुसको जाडोमा ततायो हजारौं युवालाई

    आईतवार, २४ पौष २०७३, आहाखबर

    काठमाडौंः राजधानीको मुटु टुँडखेलमा शनिबार राति आयोजित ‘नेपथ्य लाइभ पल्सर डेयर भेन्चर’ कन्र्सटले पुसको जाडोमा पनि हजारौं युवाहरुलाई ततायो । चर्चित साङगीतिक समूह नेपथ्यले प्रस्तुती गरिरहँदा टुँडिखेलमा मात्रै नभएर वरिपरीको माहौल पनि संगीतमय बनेको थियो । 

    साहित्यकार सरुभक्तको ‘कुरुप अनुहार हो यहाँ कोही साथी छैन बेरुप अनुहार हो यहाँ कोही साथी छैन’ बोलको गीत प्रस्तुत गर्दा दर्शकहरुको चर्चो ताली पाएको थियो । नेपथ्यका अमृत गुरुङले यो गीत गाइरहँदा टुँडिखेल बाहिर आकाशे पुलमा समेत खचाचर भरिएका दर्शकहरुको समेत हुकिङ गरेको देखिन्थ्यो । 

    दुई घण्टा चलेको कन्सर्ट हेर्न युवाहरुको भीड लागेको थियो । नेपथ्यले यसअघि सरुभक्तको ‘खान्न म त लामपाते सुरती सुरती, यानिमाया र सरुमा रानीको आँसुको कसम’ बोलको गीत गाइसकेको छ । बजाज मोटरसाइकलले आयोजना गरेको यस कार्यक्रमा नेपथ्यले जोमसामे बजारमा, भेडाको उनजस्तो, तालको पानी, छेक्यो छेक्यो, मार्यो प्रितीले, रेशम फिरिरी, जस्ता गीतहरु गाएका थिए । 

    नेपथ्यले गत बर्ष भूकम्प पीडितको सहयोगार्थ ‘फेरि उठ्नेछ नेपाल’ नामक नामक कन्सर्ट आयोजना गरेको थियो । नेपाली मौलिक संगीतका कारण युवा पुस्तामा लोकप्रिय बनेको नेपथ्यका थुप्रै एल्बमहरुसमेत बजारमा आइसकेका छन् ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast