शनिबार, मंसिर २१, २०७६
    बिदेश

    विश्व प्रसिद्ध टेलिभिजन ब्राण्ड टिसिएलको प्रदर्शनी विश्वज्योति मलमा सुरु

    मंगलवार, १९ पौष २०७३, आहाखबर

    काठमाडौंः टेलिभिजन ब्राण्डमा विश्वमै ख्याती कमाएको र ठूलो टिसिएलका उत्पादनहरु जमलस्थित विश्वज्योति मलमा प्रदर्शन सुरु गरिएको छ । 

    एक हप्तासम्म चल्ने प्रदर्शनमा ग्राहकहरुले टिसिएलका सामग्रीहरुको अवलोकनका साथै खरिद गर्ने मौका पाउने छन् । खरिद गर्दा विशेष छुटको व्यवस्था पनि गरिएको यसको नेपालको आधिकारिक बिक्रेता चौधरी समूहको इओएल प्रालिले जनाएको छ । 

    ग्राहकहरुलाई टिसिएलका उत्पादनहरुको बारेमा बढी जानकारी होस् भन्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको आयोजकको भनाई छ । एलइडी टेलिभिजनमा विश्वमै तेस्रो ठूलो ब्राण्डको रुपमा स्थापित भएको टिसिएलले नयाँआयाम र उत्पादनहरुको डिजाइन थप्दै सधै अग्रसर रहने गरेको इओएलको भनाई छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast