सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    नायिका रेखा थापालाई सन्तानको आमा बन्न रहर लाग्यो !

    शनिबार, १६ पौष २०७३, आहाखबर
    फाइल फोटो

    दाङ (घोराही): नायिका रेखा थापाले अब आफूलाई सन्तानको आमा बन्न मन लागेको बताएकी छन् । घोराहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू अब राजनीतिमा सक्रिय हुने र सन्तानको आमा हुने रहर रहेको बताएकी हुन । 

    नायिका थापाले अब विवाह गर्ने समय पनि भएको र केही वर्षमै बैवाहिक जीवनमा बाँधिने बताइन । कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले वैवाहिक जीवनसाथीको नाम भने खोलिनन् । 

    उनले अब आफू फिल्मी नायिका भन्दा पनि राजनीतिक नायिका बन्ने बताइन । हालै माओवादी केन्द्र छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले 
    चलचित्रको नायिका मात्रै भएर नपुगेकोले राजनीतिको नायिका पनि बनेर मुलुकको नीति निर्माण तहमा भूमिका खेल्न बताइन । 

    नायिका भएर महिलाहरुको समस्या समाधान गर्न नसकिएको अनुभव सुनाउँदै उनले ती समस्याको समाधानका लागि राजनीतिमै लाग्नुपर्ने बाध्यता रहेको बताइन । थापाले राप्रपाका कार्यकारी अध्यक्ष कमल थापाले फुलमाला लगाएर आफ्नो पार्टीमा प्रवेश गरेका थिए । सोही कार्यक्रममा थापाले आफूलाई राप्रपाको झण्डा ओढेर मर्ने रहर रहेको बताएकी थिइन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast