सोमबार, असोज ६, २०७६
    बिदेश

    'न्यूरोड मोबाइल महोत्सव २०७३' सुरु, गोरखापत्रलाई भैंसेपाटी सारेर त्यहाँ पार्क बनाइने

    बुधबार, १३ पौष २०७३, आहाखबर

    काठमाडौंः मोबाइल हबको रुपमा चिनिएको पाको, न्यूरोड क्षेत्रमा बुधबारदेखि वृहत 'न्यूरोड मोबाइल महोत्सव २०७३' शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले अयोजना गरेको महोत्सव सात दिनसम्म चल्नेछ । 

    सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले यसको उदघाटन गरेका हुन । मन्त्री कार्कीले न्यूरोड व्यवसायीक केन्द्रको रुपमा विकास भएको भन्दै हरेक युवालाई सूचना प्रविधिको क्षेत्रमा लाग्ने वातावरण तयार पार्नुपर्ने बताए । 

    उनले भने, “सरकारले नेपाल दूरसंचार प्राधिकराण तथा नेपाल टेलिकममार्फत स्टार्टअप फण्ड बनाएर युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गराउने प्रयास गरिरहेको छ ।”

    न्यूरोडमा रहेको गोरखापत्र संस्थानलाई भैसेपाटिमा सूचना ग्राम बनाएर सार्ने र त्यस स्थानलाई पार्कको रुपमा विकास गर्ने आफ्नो योजना रहेको मन्त्री कार्कीले बताए ।

    न्यूरोड मोबाइल महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले  महोत्सवले मोबाइल व्यवसायको प्रबद्र्धन गर्ने र ग्राहकहरुलाई सूपथ मूल्यमा उपहारसहित मोबाइल किन्ने वातावरण तयार पार्ने बताए । 

    उनले ग्राहकहरुका लागि विभिन्न स्कीमहरु ल्याएको भन्दै महोत्सवमा न्यूरोड आउने प्रत्येक व्यक्तिले उपहारहरु प्राप्त गर्न सक्ने बता । नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भइरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना गरिएको छ । 

    महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबी निःशुल्क प्राप्त हुनेछ । संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर महोत्सव आयोजना गरेको हो । 

    महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गरेका छन् । महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन ।

    माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको छ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा गोलाप्रथामार्फत प्राप्त गर्नेछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast