सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    बलिउड नायिका करिनाले जन्माइन छोरो, सेफ अलि भए तीन सन्तानका बाबु

    मंगलवार, ५ पौष २०७३, आहाखबर

    काठमाडौंः बलिउड चर्चित नायिका करिना कपुरले छोरो जन्मादिएकी छिन् । करिनाका पति नायक सेफ अलि खानद्धारा मंगलबार जारी विज्ञप्तिमा आफूहरुको छोरा जन्मिएको उल्लेख छ । 

    करिनाले मुम्बईको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । खानले बाबु बन्न पाएकोमा खुसी लागेको भन्दै नयाँ सदस्यको आगमनले हामीलाई पूर्ण बनाएको बताएका छन् । 

    अस्पतालले करिना र उनको बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ । करिना केही दिनअघि मात्रै गर्भवती अवस्थामा सार्वजनिक कार्यक्रममा देखिएकी थिइन । करिना र सेफ अलि खानले आफ्नो छोराको नाम ताइमुर राखेका छन् । 

    करिनाले छोरा जन्माएसँगै सेफ तीन सन्तानका पिता भएका छन् । यसअघि उनले पहिलो श्रीमतीबाट दुई छोराछोरी जन्माइसकेका छन् । पाँच बर्षअघि प्रेम सम्वन्धमा गाँसिएका करिना र सेफ सन् २०१२ मा विवाह गरेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast