सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    नायिका रेखा थापाले नाता जोडिन राप्रपासँग, 'राष्ट्रवादी नारी भएकोले माओवादी छोड्याँ'

    सोमबार, २७ मंसिर २०७३, आहाखबर

    काठमाडौंः चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । कुनै समय माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहालसँग एउटै मञ्चमा नाचेर चर्चामा रहेको थापा दाहालकै पार्टीसँग निकट रहँदै आएकी थिइन ।  

    तर अब उनी माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेकी छन् । सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गरे । 

    आफूले चार वर्षदेखि विभिन्न राजनीतिक पार्टीको अध्ययन गरिरहेको र राप्रपासँग भावना मिलेकाले पार्टी प्रवेश गरेको नायिका थापाले बताइन । राजनीतिक हिसाबले पहिलो र अन्तिम घर नै राप्रपा भएको बताउने थापा अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको दावीसमेत गरिन । 

    “म हिन्दू नारी हुँ, राष्ट्रवादी केटी भएकाले आफ्नो विचार राप्रपासँग मेल खाएकाले लागेकी हुँ, निकै ‘एक्साइटेड’ र हर्षित छु,”– उनले भनिन ।  आफूले खेलेको नेपाली चलचित्र दुर्गा, काली र चम्पाजस्ताको भूमिकाले आफ्नो सिद्धान्त र स्वभावलाई पुष्टि गर्ने रेखा थापाको भनाइ थियो । यसअघि चर्चित गायिका कोमल वली पनि राप्रपामा प्रवेश गरेकी थिइन ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast