सोमबार, असोज ६, २०७६
    बिदेश

    गोद्रेजको ‘छोटुकुल’ आयो बजारमा, विजुली नभएको ठाउँमा पनि चार घण्टासम्म काम गर्ने

    आईतवार, २६ मंसिर २०७३, आहाखबर

    काठमाडौंः विश्वस्तरीय डिजाइन तथा सुविधा सम्पन्न उत्पादनहरुको लागि नाम कहलिएको घरायसी सामग्रीहरुको ब्राण्ड गोद्रेजले नेपालमा ‘छोटुकुल’ भित्राएको छ । यो रेफ्रिजिरेटरको सानो रुप हो । 

    नेपालमा सर्वाधिक रुचाइएको यस ब्राण्डले नेपालीहरुको आवश्यकता पूर्ति गर्न भन्दै चोटुकुल भित्राएको हो । हलुका तौल, जता पनि सजिलै लैजान सकिने, बिजुली नभएको ठाउँमा पनि चार घण्टासम्म खाने कुरा चिसो र ताजा बनाईराख्ने यस रेफ्रिजिरेटरलाई डिसी सप्लाईबाट पनि चलाउन सकिन्छ । 

    यस्तो उत्पादनको प्रयोगले ग्राहकको मन अझ बढी सन्तुष्ट हुने गोद्रेजको नेपालको लागि आधिकारिक बितरक चौधरी समूहअन्तर्गतको इओएल  प्रालिले जनाएको छ । विश्वस्तरीय डिजाइनका आधुनिक घरायसी सामग्रीहरुको उत्पादनमा गोद्रेज लोकप्रिय रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast