सोमबार, असोज ६, २०७६
    बिदेश

    न्यूरोडमा ‘सामसङ स्मार्टफोन क्याफे’ पुनः सञ्चालन

    बिहिवार, २३ मंसिर २०७३, आहाखबर

    काठमाडौंः नेपालमा सामसङ फोनको आधिकारिक बिक्रेता आइएमएस प्रालिले न्यूरोडको पाकोस्थित आफ्नो सामसङ स्मार्ट क्याफे पुनः सञ्चालनमा ल्याएको छ । 

    नेपालभरि सामसङका २१ वटा आधिकारिक तथा एक्स्क्लुजिभ शोरुम भएको यस आइएमएस स्मार्टले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय शपिङको अनुभव प्रदान गर्नका लागि क्याफेमा आधुनिक सुविधा तथा संरचना राख्ने उद्देश्यले मर्मत संभार गरी पुनः सञ्चालनमा ल्याइएको जनाएको छ । 

    आधुनिक सुविधायुक्त गर्ने काम सम्पन्न भएसँगै ब्राण्ड शपको अनावरण आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरेका हुन । कार्यक्रममा अध्यक्ष मल्होत्राले आफूहरुको लक्ष्य सधैैं ग्राहकहरुलाई उत्कृष्ट अनुभव सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्नु रहेको भन्दै सामसङ स्मोर्ट क्याफे पुनः सञ्चालनले ग्राहकहरुलाई यस्तै विश्वस्तरीय शपिङ अनुभव प्रदान गर्नसक्ने बताए । 

    क्याफे पुनः सञ्चालनमा आएको उपलक्ष्यमा यहाँबाट मोवाइल खरिद गर्दा छ जिवीको डाटा कार्ड निःशुल्क प्रदान गर्ने योजनासमेत ल्याइएको छ । यो योजना मंसिर २९ गतेसम्म कायम रहनेछ । अन्य पसलहरुमा भने मोवाइल किन्दा तीन जिवी डाटा कार्ड निःशुल्क पाइने कम्पनीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast