सोमबार, असोज ६, २०७६
    बिदेश

    टिसिएलको नयाँ ‘फ्रन्ट लोड वासिङ मेशिन’ नेपाली बजारमा

    बुधबार, ८ मंसिर २०७३, आहाखबर

    काठमाडौंः विश्वकै तेस्रो ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलको नयाँ ‘फ्रन्ट लोड वासिङ मेशिन’ नेपाली बजारमा ल्याएको छ । टिसिएलको नेपालको आधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको इओएस प्रालिले यसलाई नेपाली बजारमा ल्याएको हो । 

    अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिसिएलले उपभोक्तामाझ नियमित र विश्वस्तरीय उत्पादनहरु दिने क्रममा नयाँ वासिङ मेशिन ल्याएको इओएसको भनाई छ । यसमा १२ वासिङ प्रोग्राम, १४ मिन क्विक वास ०–२४एच डिले स्टार्ट, फ्रोजी कन्ट्रोल जस्ता विशेषता रहेका छन् । आइएफ डिजाइन अवार्डसमेत जित्न सफल यस वासिङ मेशिनको अधिकतम मूल्य ५६ हजार पाँचसय रुपियाँ रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast