सोमबार, असोज ६, २०७६
    बिदेश

    बतासले भित्रायो भारतको 'लेन्टो' ब्राण्डका 'सोलार इन्र्भटर' र 'स्ट्रिट लाइट'

    बुधबार, १ मंसिर २०७३, आहाखबर

    काठमाडौंः बतास अर्गनाइजेसनको भातृ संस्था त्रिथुङ्गा टे्रडिङ्ग कन्सर्न प्रा.लि.ले लेन्टो इन्डष्ट्रिज प्रा.लि., इण्डियाबाट उत्पादित लेन्टो ब्राण्डका सोलार इन्र्भटर र स्ट्रिट लाइटको नेपालको आधिकाकि बिक्रेता भई ती उत्पादनहरुको बिक्री बितरण सुरु गरेको छ । 

    लेन्टो सोलार इन्र्भटर ५५० भीएदेखि पाँच हजार भीएसम्म तथा स्ट्रिट लाइट २०, ४०, ६० वाटमा उपलब्ध रहेको कम्पनीले जनाएकोa छ । यी उत्पादनहरु रिन्यूवल इनर्जी टेष्ट स्टेशनबाट क्वालिटी सर्टिफिकेट भएका उत्पादन हो भन्दै कम्पनीले अटोमोबाइलको क्षेत्रमा ख्याती प्राप्त बतास अर्गनाइजसनले यससँगै सोलार इनर्जीमा पनि ब्यापार सुरु गरेको सो सम्वन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाएको हो ।

    कार्यक्रममा बतास अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत शान्तराज बतास, त्रिथुङ्गा टे्रडिङ्ग कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी, लेन्टो–इण्डियाका इन्टरनल सेल्स एण्ड मार्केटिङ हेड आशिस श्रीवास्तव र त्रिथुङ्गा टे्रडिङ्ग कन्सर्नका व्यवस्थापक श्रीकृष्ण ढोडारीको उपस्थिति रहेको थियो ।

    त्रिथुङ्गाले बंगलादेशको राहिमाफ्रोजबाट उत्पादित ग्लोब्याट अटोमोटिभ ब्याट्री, डेल्टा इन्भर्टर ब्याट्री, राहिमाफ्रोज सोलार मोडल, पेट्रोनास लुब्रिक्यान्ट्सको आधिकारिक बिक्रेता भई काम गर्दै आएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast