सोमबार, असोज ६, २०७६
    बिदेश

    गोरखा इको प्यानललाई आइएसओ चिन्ह, भारतबाट आयातितभन्दा गुणस्तरीय र मजबुत

    शुक्रबार, २६ कार्तिक २०७३, आहाखबर

    काठमाडौंः नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आइएसओ ९००१:२०१५ चिन्ह प्राप्त गरेको छ । 

    स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले आइएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो । गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । 

    यसले कुनै पनि निर्माणमा आवश्यक पर्ने बाहिरी र भित्री गाह्रो उत्पादन गर्दै आएको छ । यो परम्परागत निर्माण सामग्रीभन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरणमैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको जनाइएको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधीसमेत रहेको कम्पनीको दावी छ ।  

    इन्टरनेशनल ग्रीन डेभलपर्सले बहराइनस्थित अलखाजा कम्पनीसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले दुई इन्चदेखि नौ इन्च मोटाइ सम्मको इको प्यानल उत्पादन गर्दै आएको छ । चौडाई दुईफिट र लम्वाई साढे सात फिटको इको प्यानल जडानमा छिटोछरिटो र मजबुद रहेको कम्पनीको दावी छ । 

    यसका उत्पादन अस्थायी निर्माणमा मात्रै नभई स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्समा पनि प्रयोग हुँंदै आएको छ । भक्तपुरमा कारखाना रहेको यसको उत्पादन देशैभरि बिक्री हँदै आएको कम्पनीले जानकारी दिएको छ । 

    यसका काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका बाहिरका विराटनगर, इटहरी, हेटौडा, चितवन, पोखरा, दाङ, धनगढीमा डिलर्सहरु रहेका छन् । गोरखा इको प्यानल दुई साइडमा ननएस्वेष्टस् क्याल्सियम सिल्केट वोर्ड र भित्र सिमेन्ट, वालुवा, थर्माेकोल र विशेष प्रकारको एडिटिवको मिश्रणबाट निमार्ण हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जनाए । 

    उनका अनुसार यसको जोडाईमा कुनै पनि च्यानलको प्रयोग हुँंदैन । त्यसैले यसको एस्थेटिक भ्यालू राम्रो हुन्छ । टंग एण्ड ग्रुभयुक्त प्यानलको जडान एडिसिभ सिमेन्ट र पियूफोमदारा गरिन्छ । यसको जडान मजबुद हुन्छ । यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतीय उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिन्छ । 

    सीइओ दुवालका अनुसार यो उत्पादन गर्दा वातावरणलाई प्रतिकुल हुने कुनै पनि प्रकारको उर्जाको प्रयोग हुँंदैन । यो अरु परम्परागत गाह्रो भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पनि रहेको बताइएको छ । भारतलगायत अन्य मुलुकबाट आयातित प्रिफ्याबभन्दा गोरखा इको प्यानल गुणस्तरयुक्त र मजबुद रहेको कम्पनीको दावी छ । 

    सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको यस कम्पनीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँंगको सहरिसर्चमा हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग गरी गोरखा इको प्यानल वनाउन सफल भएको जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast