सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैचोटी बजारमा

    शुक्रबार, १२ कार्तिक २०७३, आहाखबर

    काठमाडौंः शुक्रबार दुई फरक धारका चलचित्र ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आएका छन् । शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित छ । 

    यसअघि लामो समयदेखि निर्देशक शर्मा नृत्य निर्देशक पेसामा आबद्ध थिए । त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम कथामा आधारित चलचित्र हो । यो चलचित्रमा थोरै हास्य रस पनि समावेश गरिएको छ । 

    ‘राधा’मा प्रेम कथालाई मुख्य विषय बनाएको भए पनि नेपाली नारीको सङ्घर्ष र पीडालाई पनि समावेश गरिएको निर्देशक घिमिरेले बताए । चलचित्रको कथा भने प्रदीप भारद्ववाजले लेखेका हुन छ ।

    यता ‘परदेशीको उमङ्ग’को करिब ८० प्रतिशत छायाङ्कन संयुक्त अरब इमिरेट्सको दुबई र बाँकी काठमाडौंँ, बाग्लुङ र गुल्मीमा गरिएको छ । चलचित्रका निर्मातासमेत रहेका कुमार जिसीको यसमा मुख्य भूमिका रहेको छ । त्यस्तै बिनिता बराल, रामबाबु रेग्मी, सिपी पौडेल, शिला श्रेष्ठ आदि कलाकारको अभिनय छ ।

    चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीतको साथमा भारतीय गायक नाकाश अजिजको समेत पाश्र्व गायन छ । त्यसैगरी ७२ लाख रुपियाँको लागतमा निर्माण भएको चलचित्र ‘राधा’ पूर्वको झापा र इलामसँगै भारतको दार्जिलिङमा समेत छायाङ्कन गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast